काठमाडौं- परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपालले आन्तरिक रूपमा द्वन्द्व व्यवस्थापन गरी शान्ति स्थापनाको निर्णायक विन्दुको अन्तिम तयारी गरिरहेको बताएकी छन् । राष्ट्रसंघीय फोरम शान्ति निर्माणसम्बन्धी फोरमको मन्त्रिस्तरीय बैठकलाई सम्बोधन गर्दै मन्त्री राणाले यस्तो बताएकी हुन् ।उनले नेपालको संघीय संसद्ले हालै मात्रै संक्रमणकालीन न्यायसम्बन्धी विधयेक पारित गरेर पीडितमैत्री कानुन बनाएको उल्लेख गरिन् ।फोरमले यस वर्ष सन् २०२५ का लागि शान्ति निर्माणको मार्गचित्रको पुनःमूल्यांकनः समृद्धि र प्राथमिकता भन्ने शीर्षकमा बैठक आयोजना गरेको थियो । मन्त्री राणाले भनिन्, “अहिलेको विश्वमा शान्ति निर्माणको प्रक्रिया एक जटिल विषय बन्दै गएको छ, दिगो र समाजको स्थायित्वका लागि द्वन्द्वको वास्तविक कारण पहिचान हुनुपर्दछ ।”
नेपालले शान्ति प्रक्रियालाई व्यवस्थापन गर्न सफल भएको छ : परराष्ट्रमन्त्री राणा
खबर एक्सप्रेस
आश्विन ११, २०८१
९७


.gif)

