काठमाडौं - पोर्चुगलले मैत्रीपूर्ण खेलमा सानदार जित हात पारेको छ । घरेलु मैदानमा पोर्चुगलले इजरायलमाथि ४–० को फराकिलो जित  निकालेको हो । 

खेलको ४२औं मिनेटमा ब्रुनो फर्नान्डेसको गोलबाट पोर्चुगलले सुरुवाती अग्रता लिएको थियो । त्यसको दुई मिनेटपछि नै कप्तान क्रिस्टियानो रोनाल्डोले गोल गर्दै पोर्चुगलको अग्रता दोब्बर पारे । ८६औं मिनेटमा जोओ क्यान्सिलोले गोल गर्दै पोर्चुगललाई ३-०को अग्रता दिलाए । त्यसपछि  खेलको इन्जुरी समयमा फर्नान्डेसले व्यक्तिगत दोस्रो गोल गर्दै पोर्चुगललाई ४-०को सहज जित दिलाए । 

युरोपेली च्याम्पियनसिपअघिको अन्तिम तयारी खेलमा पोर्चुगलले इजरायलसँग खेलेको हो ।  समूह ‘एफ’ मा रहेको साविकको विजेता पोर्चुगलले १५ जुनमा हंगेरीसँग खेल्नेछ ।