एमाले महासचिव पोखरेललाई कोरोना संक्रमण
खबर एक्सप्रेस
२०७८-०९-३० ०१:१९ मा प्रकाशित
Total Shares: 137
काठमाडौं - एमाले महासचिव शंकर पोखरेललाई कोरोनाभाइरस संक्रमण भएको छ ।
कोरोना संक्रमण भएपछि आइसोलेसनमा बसेको र निर्धारित सबै कार्यक्रम स्थगित गरेको उनले जानकारी दिएका छन् । ‘कोभिडको तेस्रो लहरबाट अछुतो रहन सकिएन । अबको केही दिन आइसोलेसनमा बस्नुपर्ने भो । निर्धारित सबै कार्यक्रम स्थगित गरियो’, उनले भनेका छन् ।
फेसबुक पेज Like गर्नुहोस