रसियाका प्रधानमन्त्री कोरोना भाइरसबाट संक्रमित
एजेन्सी - रसियाका प्रधानमन्त्री मिखाइल मिशुस्टिलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । बिहिबार गरिएको स्वास्थ्य परिक्षणमा मिशुस्टिलाई संक्रमण पुष्टि भएको हो ।
प्रधानमन्त्री मिखाइल बेलायतका प्रधानमन्त्री बोरिस जोनसनपछि कोरोना संक्रमित हुने विश्वका दोश्रो उच्च तहका नेता हुन् ।
जनवरीमा प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेका मिखाइले कोरोना महामारी विरुद्धको अभियानमा राम्रो भूमिका खेलिरहेका छन् ।
राष्ट्रपति पुटिन र प्रधामनन्त्री मिखाइलबीच अबका केही दिन कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी प्रथम उपप्रधानमन्त्री आन्द्र बेलोसोभले लिने विषयमा छलफल भएको छ । प्रधानमन्त्री मिखाइल भने सेल्फ आइसोलेसनमा बसेका छन् ।
रसियामा कोरोनाबाट अहिलेसम्म १ हजार ७३ जनाको मृत्यु भएको छ भने १ लाख बढी संक्रमित छन् ।
फेसबुक पेज Like गर्नुहोस