काठमाडौं - कोरोना भाइरसको उद्गमस्थल मानिने चीनमा थप एक हजार २९० जनाको मृत्यृ भएको छ । योसँगै चीनमा मृत्यु हुनेको संख्या ४ हजार ६ सय पुगेको छ ।

बिहिबारसम्म मृतकको संख्या ३ हजार ३ सयको हाराहारीमा रहेको थियो । तर, शुक्रबार त्यो संख्या बढेर चार हजार ६ सय ९० पुगेको हो । जुन थपिएको संख्या अस्पताल भन्दा बाहिर संक्रमणबाट ज्यान गुमाउनेको संख्या हो ।

साता दिनदेखि चीनमा अस्पतालमा मृत्यु हुनेको संख्या शून्यमा झरिरहेको छ ।

यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या धेरै हुनसक्ने तर, चीनले उक्त तथ्यांक लुकाएको आरोप लगाएका थिए । वुहानका अधिकारीहरुले कुनै पनि कोरोना संक्रमणबाट मृत्यु भएकाहरुको तथ्यांक नलुकाएको दाबी गरेका थिए ।