काठमाडौं - नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत महामन्त्री पदको मतगणना जारी छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहानदेखि सुरु भएको मतगणनाको पछिल्लो परिणामअनुसार महामन्त्रीका प्रत्यासी गगनकुमार थापा र विश्वप्रकाश शर्माले अग्रता लिएका छन् । 

३ हजार ९९० मत गन्दा थापाको जित पक्का भएको छ । उनले २५८१ मत पाएका छन् । त्यस्तै, शर्माले १६४६, डा. प्रकाशशरण महतले १३२७, प्रदीप पौडेलले ११८८, डा. मीनेन्द्र रिजालले ६८७,  र डा. राजाराम कार्कीले ८८ मत पाएका छन् ।

सोमबारको मतदानमा चार हजार ७४३ मतदातामध्ये चार हजार ६७९ मतदाताले मतदान गरेका थिए ।