उकालो लाग्यो सुनचाँदीको भाउ
काठमाडौं - साताको पहिलो कारोबारको दिन आइतवार नेपाली बजारमा सुनको मूल्य बढेको छ । स्थानिय बजारमा आइतवार सुनको भाउ रू. १०० ले उकालो लागेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतवार छापावाला सुन प्रतितोला रू. ९२ हजार १०० मा कारोबार भएको छ । शुक्रवार छापावाला सुनको मूल्य प्रतितोला रू. ९२ हजारमा कारोबार भएको थियो । शुक्रवारको तुलनामा आइतवार छापावाला सुन प्रतितोला रू. १०० ले बढेको हो ।
त्यसैगरी, तेजाबी सुन प्रतितोला रू. ९१ हजार ६०० मा कारोबार भएको छ । शुक्रवार तेजाबी सुन प्रतितोला रू. ९१ हजार ५०० मा कारोबार भएको थियो ।
यस्तै, आइतवार चाँदीको मूल्य पनि बढेको छ । शुक्रवार प्रतितोला रू. एक हजार २८५ मा कारोबार भएको चाँदी आइतवार १ हजार ३२० मा कारोबार भएको छ । शुक्रवारको तुलनामा आइतवार चाँदी रू. ३५ ले बढेको हो ।

.gif)



फेसबुक पेज Like गर्नुहोस