गएरातिको वर्षाले राष्ट्रिय सभागृह जलमग्न
खबर एक्सप्रेस
२०८१-०४-०३ ११:३१ मा प्रकाशित
Total Shares: 102
काठमाडौं - गएरातिको वर्षाले काठमाडौंको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृह परिसर जलमग्न बनेको छ।
बिहीबार राति भारी वर्षाका कारण सभागृह परिसर जलमग्न भएको हो।
छेउमा रहेको काठमाडौं महानगरपालिकाको कार्यालय रहेको भवनमा पनि पानी छिरेको छ।
वर्षाका कारण जमेको पानी निकास नहुँदा सभागृह परिसर जलमग्न भएको हो। अहिले २ मोटर लगाएर पानी फाल्ने काम भइरहेको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस