१२५ जनामा कोरोना पुष्टि, मृत्यु हुनेको संख्या शून्यमा झर्यो
खबर एक्सप्रेस
२०७७-११-०५ ०४:२७ मा प्रकाशित
Total Shares: 340
काठमाडौं - नेपालमा पछिल्लो २४ घण्टामा थप १२५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा १२५ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ७३ हजार ७० पुगेको छ ।
पछिल्लो २४ घण्टामा ९१ जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म २ लाख ६९ हजार ३९४ जना संक्रमणमुक्त भएका छन् । अहिलेसम्म नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या दुई हजार ५५ पुगेको छ । आज कोरोनाबाट कुनै व्यक्तिको मृत्यु भएको छैन ।
नेपालमा हाल संक्रिय संक्रमितको संख्या १ हजार ६२१ रहेको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस