सुनसरी ४ मा ज्ञानेन्द्रबहादुर कार्कीको सकसपूर्ण जित
खबर एक्सप्रेस
२०७९-०८-१५ ११:४४ मा प्रकाशित
Total Shares: 190
सुनसरी - सुनसरी निर्वाचन क्षेत्र नं. ४ मा नेपाली कांग्रेसका उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्कीले सकसपूर्ण जित निकालेका छन्। बहालवाला सञ्चार तथा सूचना प्रविधि मन्त्री कार्कीले निकटतम प्रतिद्वन्द्वी प्रदेश १ का पूर्व वन वातावरण तथा पर्यटन मन्त्री जगदीशप्रसाद कुसियैतलाई झिनो मतले पराजित गरेका हुन्।
कार्की ३० हजार ४८३ मत सहित विजयी भएका हुन् भने उनका निकटतम प्रतिष्पर्धी नेकपा एमालेका कुसियैतले ३० हजार ३७१ मत ल्याए। उनीहरुबीचको मतान्तर जम्मा ११२ मतको रह्यो।

.gif)



फेसबुक पेज Like गर्नुहोस