इनफ इज इनफका अभियानकर्मीमाथि प्रहरीको धरपकड, रञ्जु दर्शना लगायत सयौं पक्राउ
काठमाडौं - प्रधानमन्त्री निवास बालुवाटरअघि शान्तिपूर्ण प्रदर्शनमाथि प्रहरीले धरपकड गरेको छ । कोरोना रोकथाममा सरकारले लापरबाही गरेको, भ्रष्टाचार गरिएको र पर्याप्त मात्रामा पीसीआर परीक्षण नगरिएको भन्दै ‘इनफ इज इनफ’ अभियानले विरोध प्रदर्शन गरेको हो ।
‘इनफ इज इनफ’को सत्याग्रहमा ऐक्यवद्धता जनाउन बालुवाटार पुगेकालाई प्रहरीले पक्राउ गरेको हो । अभियन्ता विजयबाबु शिवाकोटीका अनुसार सय बढीलाई पक्राउ गरेको हो। उनका अनुसार पक्राउ परेका ४० जनालाई कमलपोखरी वृत्तमा राखिएको छ । अन्य दर्जनौलाई महाराजगञ्ज, दरबारमार्ग, महेन्द्र पुलिस क्लबमा राखिएको छ।
प्रहरीले इनफ इज इनफको सत्याग्रहमा ऐक्यवद्धता जनाउन जानेसँगै सडकमा हिँडेकलाई समेत पक्राउ गरेपछि प्रहरीको चर्को आलोचना भएको छ । प्रहरीले भने माथिको आदेश भन्दै सबैलाई पक्राउ गरेको बताएको छ । प्रदर्शनकारीले ओली सरकारको विरोध गर्दे विभिन्न नाराबजी समेत गरेका छन् ।
विभिन्न ठाउँ बाट रन्जु दर्शना, सुदन गुरुङ, शशी विक्रम कार्की, आलोक सुवेदी, विजयबाबु शिवाकोटी, वृतान्त खनाल, सौरव न्यौपाने , सचिन तिमिल्सिना, राष्ट्रिय पहिचान र गूठी आन्दोलनका अभियन्ता सुधन मान्धर लगायतलाई हिरासतमा लिएको बताइएको छ ।
फेसबुक पेज Like गर्नुहोस