नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने, सार्वजनिक बिदा दिने
खबर एक्सप्रेस
२०८०-०५-२६ ११:०० मा प्रकाशित
Total Shares: 220
काठमाडौं-संविधानसभा अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने भएको छ ।
आज बिहान बसेको मन्त्रिपरिषद बैठकले नेम्वाङलाई राष्ट्रिय सम्मान दिँदै अन्त्येष्टिको दिन सार्वजनिक विदा दिने निर्णय गरेकाे संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले जानकारी दिए।
इलाम–२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य नेम्वाङ हृदयघातका कारण बालुवाटारस्थित घरको शौचालयमा बेहोस भएपछि गए राति शिक्षण अस्पताल महाराजगञ्ज लगिएको थियो।
सोमबार राती १ बजेर ४० मिनेट जाँदा उनको निधन भएको घोषणा गरिएको थियो।

.gif)



फेसबुक पेज Like गर्नुहोस