चितवन - मुग्लिन–नारायणगढ सडक खण्डमा अवरुद्ध यातायात सेवा पुनः पूर्ण रूपमा सञ्चालनमा आएको छ ।

बुधबार बिहान चितवनको सिमलताल नजिकै खसेको पहिरोका कारण सडक दुईतर्फी रूपमा अवरुद्ध भएको थियो । पहिरोले सडक ढाकेपछि दुवैतर्फको आवागमन रोकिँदा सयौँ सवारीसाधन र यात्रुहरू बीच बाटोमै रोकिएका थिए।