प्रतिवेदनमाथि उठेका प्रश्नको जवाफ दिँदै प्रचण्ड
खबर एक्सप्रेस
२०७८-०९-१६ ०९:११ मा प्रकाशित
Total Shares: 174
काठमाडौं - नेकपा माओवादी केन्द्रको जारी आठौं महाधिवेशनको बन्दसत्रमा प्रस्तुत प्रतिवेदनमाथि समूहगत छलफलपछि आफ्नो निष्कर्ष प्रस्तुत गर्ने कार्य सकिएको छ ।
आज शुक्रबार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिवेदनमा उठेका प्रश्नहरूको जवाफ दिने छन् । गत आइतबारबाट सुरु भएको महाधिवेशनको बन्दसत्रमा सोमबार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वैचारिक तथा राजनीतिक र नेता देव गुरुङले विधान मस्यौदा प्रस्तुत गरेका थिए ।
आइतबारबाट जारी महाधिवेशनले १५ पदाधिकारीसहित २९९ कार्यसमिति चयन गर्नेछ ।
फेसबुक पेज Like गर्नुहोस