काठमाडौं - नेकपा माओवादी केन्द्रको जारी आठौं महाधिवेशनको बन्दसत्रमा प्रस्तुत गरिएको विधान मस्यौदामा केन्द्रीय सदस्यमा १० प्रतिशत मनोनीत गर्ने प्रावधानलाई प्रस्ताव गरिएको छ । 

कमलादीस्थित प्रज्ञा भवनमा जारी बन्दसत्रमा स्थायी कमिटी सदस्य देव गुरुङले विधान मस्यौदा प्रस्तुत गर्दै  केन्द्रीय कमिटी २९९ सदस्यीय हुने र केन्द्रीय कमिटीमा १० प्रतिशत सदस्य मनोनीत गर्न सकिने प्रस्ताव गरेका हुन् । 

त्यस्तै, अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, ६ उपाध्यक्ष, महासचि, दुई उपमहासचिव, तीन सचिव र कोषाध्यक्ष १५ पदाधिकारीको व्यवस्था विधानमा प्रस्ताव गरिएको छ । मस्यौदा प्रस्तुत गर्दा गुरुङले पदाधिकारी समावेशी बनाइने जानकारी दिएका छन् । 

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वैचारिक तथा राजनीतिक प्रतिवेदन प्रस्तुत गरेपछि गुरुङले विधान मस्यौदा प्रस्तुत गरेका हुन् ।आइतबारबाट सुरु भएको सो महाधिवेशन १५ पुससम्म चल्नेछ ।