काठमाडौं - अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी)ले नेपाल क्रिकेट संघको निलम्बन सशर्त फुकुवा गरेको छ । 

सोमबार दुबईमा बसेको आइसीसीको बैठकले क्यानको निलम्बन फुकुवा गर्ने निर्णय गरेको हो ।

विज्ञप्तिमा दुबईमा सम्पन्न आइसीसी बोर्डको मिटिङले नेपाल र जिम्बावेलाई आइसीसीको सदस्यको रुपमा स्वीकार गरेको जनाएको छ ।

आइसीसीले निलम्बन गरेको ३ वर्षपछि क्यानलाई फुकुवा गरेको हो । यता आइसीसीले  शर्तहरु भने खुलाएको छैन ।