काठमाडौं - साविकको विजेता इंग्लिस क्लब चेल्सी युइएफए च्याम्पियन्स लिगमा पराजित भएको छ । गएराति भएको खेलमा   इटालियन क्लब युभेन्ट्ससँग चेल्सी १-०ले स्तब्ध बनेको हो । 

युभेन्ट्सको जितमा फेडरिको चिइसाले गरेको एकमात्र गोल नै निर्णायक बन्यो । खेलको ४६औं मिनेटमा चिइसाले फेडरिको बर्नरडेस्चीको पासमा गोल गरेका थिए । चेल्सी भने घरेलु टोलीविरुद्ध बल पोसेसन राख्दै दवाव बढाएपनि फिनिसिङमा चुक्दा हार बेहोर्न पुग्यो । 

जितसँगै समूह ‘एच’ मा रहेको युभेन्ट्स २ खेलबाट ६ अंक जोडेर शीर्षस्थानमा छ भने पराजित चेल्सी ३ अंकसहित दोस्रो स्थानमा रहेको छ ।