रौतहट - रौतहटको गुजरा नगरपालिका–३ धनसार पुल नजिक महेन्द्र राजमार्गमा पेट्रोल बोकेको ट्याङ्कर दुर्घटनाग्रस्त भई आगलागी हुँदा पूर्ण रूपमा जलेर नष्ट भएको छ ।
प्रहरीका अनुसार बिहीबार बिहान करिब ५ः३० बजे बाराको अमलेखगञ्जबाट सर्लाहीतर्फ जाँदै गरेको मधेश प्रदेश ०३–००१ ख ७८११ नम्बरको पेट्रोल ट्याङ्कर सडकमा अचानक आएको मृगलाई बचाउने प्रयास गर्दा अनियन्त्रित भई सडकको दाहिने किनारमा पल्टिएको थियो ।
पल्टिएलगत्तै ट्याङ्करमा भीषण आगलागी भएको प्रहरीले जनाएको छ। घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट प्रहरी नायब उपरीक्षक सत्यनारायण थापाको नेतृत्वमा १० जना र जिल्ला ट्राफिक प्रहरी कार्यालय चपुरबाट प्रहरी निरीक्षक राजेन्द्र थापा मगरको नेतृत्वमा ५ जना गरी १५ सदस्यीय प्रहरी टोली घटनास्थल पुगेको थियो ।

.gif)



