काठमाडौं,एजेन्सी - स्विडेनले अर्मेनियामाथि जित हात पारेको छ । गएराति  घरेलु मैदानमा भएको मैत्रीपूर्ण खेलमा स्विडेनले अर्मेनियामाथि ३–१ को सहज जित हात पारेको हो । 

खेलको १६औं मिनेटमा इमिल फोर्सवर्गको गोलबाट स्विडेनले सुरुवाती अग्रता लिएको थियो । ३४औं मिनेटमा मार्कुस डानिल्सनले गोल गर्दै स्वीडेनको अग्रता दोब्बर पारे । खेलको ३८ औं मिनेटमा गोलको अवसर पाएपनि स्विडेनका सेबास्टियन लार्सेन पेनाल्टीमा चुके । 

त्यसपछि खेलको ६४औं मिनेटमा अर्मेनियाका भाहन विचाकच्यानले गोल गर्दै खेललाई २–१ को अवस्थामा ल्याए । ८५औं मिनेटमा मार्कुस वर्गले गोल गर्दै स्वीडेनको ३-१को जित पक्का गरे । युरोकप फुटबलको तयारीमा हाल मैत्रीपूर्ण खेल भैरहेका छन् ।