क्वारेन्टाइनका बसेका सुरक्षागार्डले आफैंलाई मट्टीतेल छर्किएर आगो लगाए
तिलोत्तमा - रूपन्देहीको देवदह–७ शीतलनगरस्थित क्वारेन्टाइनका सुरक्षागार्डले आत्महत्या गरेका छन् । मंगलबार बिहान आफैंलाई मट्टीतेल छर्किएर आगो लगाएका विपिन बस्यालको उपचारका लागि लैजाँदै गर्दा बाटैमा मृत्यु भएको हो ।
उनले मंगलबार बिहान ४ बजेतिर आफूलाई आगो लगाएको इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी प्रतीतसिंह राठौरले जानकारी दिए ।
‘आत्महत्याको प्रयास गरेका उनको अवस्था गम्भीर रहेको र देवदह मेडिकल कलेजमा उपचार गराइएको थियो,’ ‘यहाँ सम्भव नभई पाल्पा रिफर गरिएका उनको पाल्पा लैजाने क्रममा मृत्यु भएको हो ।’ राठौरले भने ।
बस्याल देवदह नगरपालिका वडा नम्बर ७ शित्तलनगरस्थित नेपाल मगर संघको भवनमा बनाइएको क्वारेन्टिनमा सुरक्षा गार्डका रुपमा काम गर्दै आएका थिए । उनले के कारणले आत्महत्या गरे भन्ने खुल्न नसकेको र घटनाबारे अनुसन्धान शुरु भइसकेको डीएसपी राठौरले बताए ।

.gif)



फेसबुक पेज Like गर्नुहोस