विश्वकै सय प्रभावशाली व्यक्तिको सूचिमा आयुष्मान
काठमाडौं, एजेन्सी - बलिउड अभिनेता आयुष्मान खुराना विश्वकै सय प्रभावशाली व्यक्तिको सूचीमा अटाउन सफल भएका छन् । टाइम्स म्यागजिनद्वारा प्रकाशित सूचिमा उनी कलाकार विधाबाट सन २०२० का विश्वकै शक्तिशाली व्यक्तिको सूचिमा पर्न सफल भएका हुन् ।
समाचार थाहा पाएसँगै उनले इन्स्टाग्राममा एक पोस्ट गर्दै आफ्ना प्रशंसकसँग खुसी साट्दै भनेका छन्, ‘टाइम्सले जुन पहिचान मलाई दिलाएको छ, त्यसप्रति कृतज्ञ छु । एक कलाकारको रुपमा मैले चलचित्रको माध्यमबाट केही सकारात्मक पतिवर्तन ल्याउने प्रयास गरेको छु । यो पल मेरो जीवनका लागि निकै महत्त्वपूर्ण छ ।’
उनले अगाडि लेखेका छन्, ‘मलाई लाग्छ कि चलचित्र त्यो तागत हो, जसले कुनै पनि मुद्दालाई उठाएर सही विषयमा बहस पैदा गर्न सक्दछ ।’
फेसबुक पेज Like गर्नुहोस