काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतले नयाँ संसद् भवनमा राखेको ‘अखण्ड भारत’ नक्सा राजनीतिक नक्सा नभएको दाबी गरेका छन्। बुधबार राष्ट्रियसभामा सांसदहरुले उठाएका प्रश्नमा जवाफ दिने क्रममा प्रधानमन्त्री प्रचण्डले सो दाबी गरेका हुन्।

सो नक्सामा नेपालका लुम्बिनी र कपिलवस्तु पनि उल्लेख गरिएको छ। सो बारेमा भारत भ्रमणका क्रममा आफूले कुरा गरेको जवाफमा आफूले उक्त नक्सा ऐतिहासिक र सांस्कृतिक नक्सा रहेको उत्तर पाएको प्रधानमन्त्री प्रचण्डको भनाइ छ।

‘संसद्को नक्साबारे कुरा भयो। मैले गम्भीर रुपले नै किनकि त्यो धेरै अध्ययन त भइसकेको थिएन। तर, पनि जसरी मिडियामा आएको थियो त्यो विषयमा त्यसरी नै प्रश्न गरेँ।’