सार्वजनिक यातायातको भाडा बढ्यो
खबर एक्सप्रेस
२०८१-०९-२२ ०८:०७ मा प्रकाशित
Total Shares: 58
काठमाडौं - सरकारले सार्वजनिक यातायातको भाडा वृद्धि गरेको छ ।
आजदेखि लागु हुने गरी यातायात व्यवस्था विभागले सार्वजनिक यातायातका यात्रुवाहक तथा मालवाहक सवारी साधनको भाडा बढाएको हो ।
विभागले अन्तर प्रदेश सञ्चालन हुने सार्वजनिक यातायातका सवारी साधको भाडा बढाएको हो । यात्रुवाहक सवारीमा ३.३० प्रतिशत भाडा बढाइएको छ ।
यस्तै, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीको भाडा ०.८१ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीको भाडा ०.०५ प्रतिशतले बढाइएको विभागले जनाएको छ ।
फेसबुक पेज Like गर्नुहोस