काठमाडौं उपत्यकामा थप ५९७ जनामा कोरोना पुष्टि
काठमाडौं - उपत्यकामा पछिल्लो २४ घण्टामा थप ५९७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंका ४८३ जना, ललितपुरका ३३ जना र भक्तपुरका ८१ जनामा कोरोना संक्रमण देखिएको हो । शनिबार मात्र उपत्यकामा ४३१ जनामा संक्रमण देखिएको थियो ।
नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या ५४ हजार १५९ पुगेको छ। १ हजार १७३ जना संक्रमण मुक्त भएका छन् । पछिल्लो २४ घण्टामा थप ९ जनाको मृत्यु भएको हो । योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३४५ पुगेको छ ।
पछिल्लो २४ घण्टामा कुन जिल्लामा कति थपिए संक्रमित ? (हेर्नुहोस् विवरण)
फेसबुक पेज Like गर्नुहोस