थप आठ हजार ६ सय जनामा कोरोना संक्रमण, ७ हजार ८ सय कोरोनामुक्त
खबर एक्सप्रेस
२०७८-०२-०७ ०५:२५ मा प्रकाशित
Total Shares: 316
काठमाडौं - नेपालमा पछिल्लो २४ घण्टामा थप ८६०७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पिसिआर परीक्षण गरेकामध्ये ८ हजार ४०७ जनामा पोजेटिभ देखिएको हो। त्यस्तै २०० जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा पोजेटिभ देखिएको हो।
पछिल्लो २४ घण्टामा २३ हजार २२६ जनाको नमूना परीक्षण गरिएको हो।मन्त्रालयका अनुसार ७ हजार ८ सय ९० जना पछिल्लो २४ घण्टामा संक्रमणमुक्त भएका छन्।
त्यस्तै यस अवधिमा १७७ जनाको मृत्यु भएको छ। यससँगै नेपालमा हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ६ हजार २४ पुगेको छ।
फेसबुक पेज Like गर्नुहोस