राष्ट्रपति निर्वाचन : आज मतदाता नामावलीमा नाम भएका मतदाताविरुद्ध उजुरी दिन सकिने
खबर एक्सप्रेस
२०७९-११-११ ०८:५३ मा प्रकाशित
Total Shares: 320
काठमाडौं - राष्ट्रपति निर्वाचन प्रक्रियाअन्तर्गत आज मतदाता नामावलीमा नाम समावेश भएका व्यक्तिमाथि उजुरी दिन सकिने निर्वाचन आयोगले जनाएको छ ।
निर्वाचन कार्यतालिका अनुसार भोलि अन्तिम मतदाता नामावली प्रकाशन हुनेछ । १३ गते उम्मेदवारी दर्ता हुनेछ । राष्ट्रपतिका लागि फागुन २५ गते बिहान १० बजेदेखि ३ बजेसम्म मतदान हुनेछ ।
अपराह्न ४ बजेदेखि मतगणना प्रारम्भ गरी सोही दिन ७ बजेभित्रमा नतिजा सार्वजनिक गर्ने आयोगको तयारी छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस