काठमाडौं - सरकारले तीन प्रदेशका प्रदेश प्रमुख परिवर्तन गरेको छ । 

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश नम्बर -१ मा परशुराम खापुङ, कर्णालीमा तिलक परियार र सुदूरपश्चिम प्रदेशमा देवराज जोशीलाई प्रदेश प्रमुखमा नियुक्त गर्न  राष्ट्रपतिसमक्ष सिफारिस गरेको हो ।

प्रदेश १ मा जनता समाजवादी पार्टीका नेतासमेत रहेका खापुङ प्रदेश प्रमुख भएका हुन् भने कर्णालीको प्रदेश प्रमुखमा सिफारिस भएका  नेकपा माओवादी केन्द्रनिकट परियार यसअघि नै प्रदेश २ का प्रदेश प्रमुख भइसकेका छन् । त्यस्तै, सुदूरपश्चिममा नेपाली कांग्रेस नेता जोशी प्रदेश प्रमुख भएका छन्। 

यसअघि प्रदेश -१ मा सोमनाथ अधिकारी, कर्णालीमा गोविन्दप्रसाद कलौनी र सुदूपश्चिममा गंगाप्रसाद यादव प्रदेश प्रमुख रहेका थिए ।