काठमाडौं - पाकिस्तानको राष्ट्रिय क्रिकेट टिमको पूर्व कप्तान शाहिद अफ्रिदी भोली बिहीबार नेपाल आउँदै छन्। एभरेष्ट प्रिमियर लिग (ईपीएल) खेल्नको लागि उनी नेपाल आउन लागेका हुन्।

अफ्रिदी कतार एयरवेजबाट बिहीबार दिउँसो ३ः५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने छन्। 

शनिबारदेखि त्रिवि क्रिकेट मैदानमा सुरु हुने ईपीएलको चौथो संस्करणमा अफ्रिदीले काठमाडौं किङ्ग्स– ११ बाट खेल्ने छन्। काठमाडौँले उद्घाटन खेलमा ललितपुर प्याट्रिओट्ससँग प्रतिस्पर्धा गर्नेछ ।

सन्दीप लामिछानेको कप्तानीमा रहेको काठमाडौँको टोलीमा अमित श्रेष्ठ, सुवास खकुरेल, राजु रिजाल, शेर मल्ल, सिद्धान्त लोहनी, मोहम्मद समसद शेख, दीपेन्द्र रावत, जितेन्द्र मुखिया, आशाक चन्द, अमरसिंह रौटेला, गुल्शन झा छन् ।यस्तै विदेशी खेलाडीमा शाहिद अफ्रिदीसँगै, जनक प्रकाश, रेयान ब्रुल, रहमाउल्ला गुरबाज छन् ।