बजेट समाजवाद विमुख छः अध्यक्ष यादव
खबर एक्सप्रेस
२०८०-०२-२४ ०४:१९ मा प्रकाशित
Total Shares: 93
काठमाडौं-जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले आर्थिक वर्ष २०८०/८१ को बजेट समाजवाद विमुख भएको टिप्पणी गरेका छन्। बुधबार प्रतिनिधि सभा बैठकमा बोल्दै अध्यक्ष यादवले सो कुरा बताएका हुन्।
उनले बजेट संविधानले परिकल्पना गरे अनुरूपको समाजवादउन्मुख नभएको बताए। उनले बजेट विकृत पुँजीवादी र नवउदारवादी सिद्धान्तमा आधारित रहेको बताए।
बजेटले लक्ष्य अनुरूपको ६ प्रतिशत आर्थिक वृद्धिदर हासिल गर्न नसक्ने बताए। त्यस्तै, भ्रष्टाचारलाई नियन्त्रण गर्ने योजना नभएको बताए।

.gif)



फेसबुक पेज Like गर्नुहोस