स्वीडेनसँग राेकियाे स्पेन
खबर एक्सप्रेस
२०७८-०३-०१ ०९:२९ मा प्रकाशित
Total Shares: 250
काठमाडौं,एजेन्सी - युरोपेली च्याम्पियनसिप अन्तर्गत समूह चरणको पहिलो खेलमा स्पेनले बराबरी खेलेको छ । गएराति भएको खेलमा स्पेनले स्वीडेनसँग गोलरहित बराबरी खेल्दै अंक बाँडेको हो ।
खेलको सुरुबाटै आक्रमक रुपमा प्रस्तुत भएको स्पेनले बल पोसेसनमा पकड जमाएपनि अवसरको सदुपयोग गर्न सकेन । स्वीडेनले भने खेलको अन्त्यतिर रक्षात्मक रणनीतिका साथ बराबरी गर्ने सुर कसेको थियो ।
बराबरीसँगै स्पेन र स्वीडेनले पहिलो खेलमा १-१ अंक बाँडेका छन् । समुहमा स्लोभाकिया ३ अंक जोड्दै शीर्ष स्थानमा छ भने अंकविहिन पोल्यान्ड पुछारमा रहेको छ । स्पेन समूहको दोस्रो स्थानमा रहँदा स्विडेन तेस्रो स्थानमा रहेको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस