नेदरल्यान्ड्सको शत प्रतिशत जित
काठमाडौं,एजेन्सी - १६ औं संस्करणको युरोकप फुटबलमा शत प्रतिशत जित निकाल्दै नेदरल्यान्ड्स समूह विजेता बनेको छ ।
सोमबार राति भएको समूह चरणको अन्तिम खेलमा नर्थ म्यासेडोनियालाई ३-० गोल अन्तरले पराजित गर्दै नेदरल्यान्ड्स समूह विजेता बनेको हो ।
जोहान क्रुफ एरिनामा नेदरल्यान्ड्सलाई जित दिलाउन जर्जिनियो विनाल्डमले दुई गोल गरे । यस्तै, मेम्फिस डिपेले एक गोल थपे ।
२४ औं मिनेटमा डिपेले गोल गर्दै नेदरल्यान्ड्सलाई सुरुवाती अग्रता दिलाए । त्यसपछि ५१ औं मिनेटमा डिपेको पासमा विनाल्डमले गोल गर्दै नेदरल्यान्ड्सलाई २-० को अग्रता दिलाए।
खेलको ५८ औं मिनेटमा विनाल्डमले व्यक्तिगत दोस्रो गोल गर्दै नेदरल्यान्ड्सलाई ३-० को जित दिलाए ।
यस जितसँगै समूह ‘सी’को नेदरल्यान्ड्स शतप्रतिशत जित निकाल्दै अन्तिम १६ मा प्रवेश गरेको छ । नर्थ म्यासेडोनिया भने समूह चरणबाटै बाहिरिएको छ । समूहको पुछारमा रहेको म्यासेडोनियाले अंक जोड्न सकेन ।

.gif)



फेसबुक पेज Like गर्नुहोस