थप २३२ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १५ हजार चार सय ९१ पुग्यो
काठमाडौं - नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या १५ हजार चार सय ९१ पुगेको छ। बिहीबार मात्र दुई सय ३२ जनाको रिपोर्ट पोजिटिभ आएसँगै संक्रमितको संख्या १५ हजार चार सय ९१ पुगेको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार कोरोना जित्नेको संख्या ६ हजार चार सय १५ पुगेको छ। पछिल्लो २४ घण्टामा २७२ जना डिस्चार्ज भएका छन् ।
मन्त्रालयका अनुसार अहिलेसम्म क्वारेन्टाइनमा ३३ हजार एक सय २५ रहेका छन् भने लेसनमा ९ हजार ४२ जनाको उपचार भइराखेको छ । पछिल्लो २४ घण्टामा २३ प्रयोगशाला चार हजार ५० नमुनाको पीसीआर विधिबाट परीक्षण गरिएको छ ।
मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट दुई लाख ४२ हजार दुई सय ४७ र आरडीटी विधिबाट तीन लाख १० हजार तीन सय जनाको नमूना परीक्षण भएको छ।

.gif)



फेसबुक पेज Like गर्नुहोस