काठमाडौं - नेपालमा पछिल्लो २४ घन्टामा थप ३ हजार ५५६ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।

देशका विभिन्न प्रयोगशालामा गरिएको पीसीआर तथा एन्टिजेन परीक्षणका क्रममा यी व्यक्तिमा कोरोनाभाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर बिधिबाट ३ हजार ४४२ जनामा तथा ११४ जनामा एन्टिजेन बिधिबाट संक्रमण पुष्टि भएको मन्त्रालयको भनाई छ ।