नेपालमा थप ३ हजार ५५६ जनामा कोरोना पुष्टि
खबर एक्सप्रेस
२०७८-०१-१३ ०५:१३ मा प्रकाशित
Total Shares: 289
काठमाडौं - नेपालमा पछिल्लो २४ घन्टामा थप ३ हजार ५५६ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।
देशका विभिन्न प्रयोगशालामा गरिएको पीसीआर तथा एन्टिजेन परीक्षणका क्रममा यी व्यक्तिमा कोरोनाभाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार पीसीआर बिधिबाट ३ हजार ४४२ जनामा तथा ११४ जनामा एन्टिजेन बिधिबाट संक्रमण पुष्टि भएको मन्त्रालयको भनाई छ ।

.gif)




फेसबुक पेज Like गर्नुहोस