राष्ट्रियसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
खबर एक्सप्रेस
२०८०-०२-२२ ११:०८ मा प्रकाशित
Total Shares: 88
काठमाडौं - संघीय संसद् अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजेका लागि बोलाइएको संसद् सचिवालयले जनाएको छ ।
आजको बैठकमा राष्ट्रियसभा अध्यक्षले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण र मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएको पत्रको ब्यहोरा जानकारी गराउने छन् ।
आजको बैठकमा आर्थिक वर्ष २०८०/०८१ को राजस्व र व्ययको वार्षिक अनुमान छलफलका लागि प्रस्ताव पेस हुने र छलफल सुरु हुने सम्भावित कार्यसूची रहेको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस