विवाह नै नगरी आमा बनिन् कल्की
खबर एक्सप्रेस
२०७६-१०-२७ ११:०० मा प्रकाशित
Total Shares: 408
काठमाडौं - अभिनेत्री कल्की कोचलिन एक छोरीकी आमा बनेकी छिन् ।
स्रोतका अनुसार शुक्रबार कल्कीले छोरीलाई जन्म दिएकी हुन् । यद्यपि अहिलेसम्म कल्की वा उनको परिवारको तर्फबाट यसको पुष्टि भइसकेको छैन ।
कल्कीले लगातार बढिरहेको पेटसहितका फोटोहरु सामाजिक संजालमा शेयर गरिरहेकी थिइन् ।
कल्की र गायक हर्शबर्गसँगको पे्रमले भने विवाह रुप लिएको छैन । तथापी यी छोरीको पिता भने हर्शबर्गनै भएको बताइएको छ । कल्कीले गर्भवती भएपछि आफूहरुको सम्बन्धलाई कानुनी रुपमा बिहेको रुप दिने विषयमा हर्शबर्गसँग सल्लाह भइरहेको बताएकी थिइन् ।
कल्कीले २०११ मा अनुराग कश्यपसँग बिहे गरेकी थिइन् । यो सम्बन्ध करिब ४ वर्ष चल्यो र २०१५ मा उनीहरुको सम्बन्धविच्छेद भएको थियो ।
फेसबुक पेज Like गर्नुहोस