काठमाडौं - स्पेनिस ला लिगामा बुधबार राति भएको खेलमा भ्यालेन्सिया र सेभियाले १–१ को बराबरी खेल्दै अंक बाढेका छन् । 

भ्यालेन्सियामा भएको खेलमा दोस्रो स्थानको सेभिया बराबरीमा रोकिएसँगै शीर्षस्थानको रियल मड्रिडसँग अंक दूरी छोट्याउने अवसर गुमाएको हो । 

डिफेण्डर मौकार डायखावीको आत्माघाति गोलसँगै सेभियाले साँतौ मिनेटमा अग्रता बनायो । तर पहिलो हाफको ४४औं मिनेटमा गोनकालो गुइडेसले घरेलु टोलीलाई बराबरीमा ल्याए । खेलको ८९औं मिनेटमा भ्यालेन्सिया १० खेलाडीमा सिमित भयो । लुईस गायाले दोहोरो कार्ड पाउँदा मैदान बाहिर रहे । 

बराबरीसँगै सेभिया २१ खेलबाट ४५ अंक सहित दोस्रो स्थानमा छ । समान खेलबाट ४ अंक माथि रहेको रियल शीर्षस्थानमा छ । यता, समान खेलबाट भ्यालेन्सिया २९ अंक सहित नवौं स्थानमा छ । 

गएरातिनै भएको अन्य खेलमा सेल्टा भिगोले ओसासुनालाई २–० ले पराजित गर्याे ।