मेस्सीले आठौं पटक जिते 'पिचिची ट्रफ्री'
खबर एक्सप्रेस
२०७८-०२-०९ ०७:४३ मा प्रकाशित
Total Shares: 431
काठमाडौं,एजेन्सी - बार्सिलोनाका कप्तान लियोनल मेस्सीले पिचिची ट्रफी जितेका छन् । ला लिगामा यो सिजन सर्वाधिक गोलकर्ता बन्दै मेस्सीले पिचिची ट्रफीमा कब्जा जमाएका हुन् ।
मेस्सीले ला लिगामा ३५ खेलमा सर्वाधिक ३० गोल गर्न सफल भए । ९ असिस्ट पनि दिएका छन् । उनले उपाधिमा रियल मड्रिडका फरवार्ड करिम बेन्जेमा र भिल्लारियलका जेरार्ड मोरेनोलाई पछि पारेका हुन् । बेन्जमा र मोरेनोको समान २३ गोल छ ।
मेस्सीले आठौंपटक तथा लगातार पाँचौ सिजन पिचिची ट्रफी जितेका हुन् । उनी लगातार पाँच सिजन यस अवार्ड जित्ने पहिलो खेलाडी हुन् । यस सिजन कोपा डेल रे विजेता बार्सिलोना लिगमा भने तेस्रो स्थानमा रहन सफल भयो ।

.gif)



फेसबुक पेज Like गर्नुहोस