काठमाडौं,सोलुखुम्बु - ट्रेकिङ गएका शेर्पाको हिउँमा चिप्लेर मृत्यु भएको छ । पासाङल्हामु गाउँपालिका– ४ को बेशक्याम्प २ मा पुगेर आधार शिविर तर्फ फर्कने क्रममा हिउँमा चिप्लेर १ जनाको मृत्यु भएको हो ।

मंगलवार बिहान आधार शिविरबाट फर्कदै गरेका संखुवासभा याफुका २८ बर्षीय पेम्बा टासी शेर्पाको हिँउमा चिप्लिएर मृत्यु भएको हो ।

मृतक शेर्पाको शव निजकै साथीहरुले उद्धार गरी आधार शिविरमा राखेको तथा हेलिकोप्टर मार्फत लुक्लातर्फ लैजाने पहल भईरहेको छ ।