जेनजी आन्दोलनका घटना जाँचबुझ आयोगविरुद्धको रिट सर्वोच्चले गर्याे खारेज
काठमाडौं- भदौ २३ र २४ को जेनजी आन्दोलनका घटना छानबिन गर्न बनेको जाँचबुझ आयोगविरुद्ध दर्ता भएको रिट सर्वोच्च अदालतले खारेज गरेको छ।
सर्वोच्च अदालतका न्यायाधीश मनोजकुमार शर्मा, नहकुल सुवेदी र श्रीकान्त पौडेलको इजलासले शुक्रवार निर्देशनात्मक आदेशसहित रिट खारेज गरेको हो।
आयोगको निष्पक्षता र औचित्यमा प्रश्न उठाउँदै अधिवक्ता विपिन ढकालले कात्तिक १८ गते आयोगका अध्यक्ष गौरीबहादुर कार्की, सदस्यहरू विज्ञानराज शर्मा र विश्वेश्वरप्रसाद भण्डारीविरुद्ध रिट पेस गरेका थिए।
रिटमा कार्की र शर्मामाथि जाँचबुझको विषयवस्तुबारे धारणा र दृष्टिकोण सार्वजनिक गरेर पूर्वाग्रही देखाएकाले समितिमा बस्न नमिल्ने दावी गरिएको थियो।
जेन–जी आन्दोलनपछि भएको जनधनको क्षतिबारे जाँचबुझ गर्न सरकारले विशेष अदालतका पूर्वअध्यक्ष कार्कीको नेतृत्वमा जाँचबुझ आयोग गठन गरेको छ।
आयोगमा पूर्वएआईजी विज्ञानराज शर्मा र अधिवक्ता विशेश्वरप्रसाद भण्डारी सदस्य छन्।

.gif)



फेसबुक पेज Like गर्नुहोस