काठमाडौं - अर्बपति एवम् नेपाली कांग्रेसका सांसद विनोद चौधरी कोरोनाबाट संक्रमित भएका छन्।

चौधरीले ट्विटमार्फत् आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएका हुन् ।

'आजै बिहान पिसिआर परीक्षणको रिजल्ट आयो', चौधरीले लेखेका छन्, 'मलाई कोरोना पोजेटिभ देखियो। तर मलाइ कुनै पनि लक्षण छैन।'