पारस खड्काले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास
काठमाडौं - राष्ट्रिय क्रिकेट टिमका खेलाडी पारस खड्काले अन्तर्राष्ट्रिय खेलबाट सन्यास लिएका छन् । क्रिकेट टिमका पूर्वकप्तान समेत रहेका खड्काले सामाजिक सञ्जालमार्फत यसबारे जानकारी गराएका हुन् ।
'सम्पूर्ण नेपाली क्रिकेटका समर्थक र सरोकारवालाप्रति कृतज्ञता व्यक्त गर्दै अन्तर्राष्ट्रिय क्रिकेटबाट मैले सन्यास लिने निर्णय गरेको छु । नेपालका लागि खेल्नु मेरो जीवनको सर्वश्रेष्ठ उपलब्धि हो ।' उनले भनेका छन् ।
खड्काले सन् २००२ देखि नेपाली राष्ट्रिय टोलीका लागि खेल्दै आएका २ दशकपछि आफ्नो अन्तर्राष्ट्रिय क्रिकेट करिअर अन्त्यको घोषणा गरेका हुन् ।
उनको कप्तानीमा नेपाली राष्ट्रिय क्रिकेट टोलीले डिभिजन ५ बाट अघि बढ्दै सन् २०१४ मा टि–२० विश्वकप खेलेको थियो ।

.gif)



फेसबुक पेज Like गर्नुहोस