कोरोना संक्रमणबाट बाँकेमा थप सात जनाको मृत्यु
काठमाडौं, बाँके - भेरी अस्पताल र नेपालगन्ज मेडिकल कलेजमा उपचाररत सात संक्रमितको मृत्यु भएको छ ।
मधुवन नगरपालिका-९ बर्दियाका ४० वर्षिय पुरुष, बढैयाताल गाउँपालिका-१ बर्दियाका ५० वर्षिय पुरुष, रुम्टिगढी-३ रोल्पाका ३५ वर्षिय पुरुष, बढैयाताल गाउँपालिका-२ बर्दियाका ८७ वर्षिय पुरुष, नेपालगन्ज उपमहानगरपालिका-१९ बाँकेका ६० वर्षिय पुरुष र कोहलपुर नगरपालिका-१५ बाँकेका ६७ वर्षिय पुरुषको भेरी अस्पतालमा र गौरीगंगा गाउँपालिका-४ कैलालीका ५२ वर्षिय पुरुषको नेपालगन्ज मेडिकल कलेज, कोहलपुरमा उपचारका क्रममा निधन भएको हो।
योसँगै कोरोना भाइरसका कारण बाँके जिल्लामा मृत्यु हुनेको संख्या २ सय ३४ र जिल्ला बाहिरबाट बाँकेमा उपचार गर्न आएका १ सय ८३ संक्रमितको मृत्यु भएको छ ।
फेसबुक पेज Like गर्नुहोस