आफ्नै बुवाले गरे दुई वर्षीया छोरीको हत्या
खबर एक्सप्रेस
२०७७-१०-१३ ०८:०१ मा प्रकाशित
Total Shares: 553
काठमाडौं - आफ्नै बुवाले दुई वर्षीया छोरीको हत्या गरेका छन् । अर्घाखाँची जिल्लाको शीतगङ्गा नगरपालिका– २ सीतापुर निवासी २४ वर्षीय सन्तोष घिमिरेले आफ्नै छोरी सृष्टिको हत्या गरेको इलाका प्रहरी कार्यालय ठाडाकाले जनाएको छ ।
प्रहरीका अनुसार उनकी श्रीमती केही महिनादेखि श्रीमानसँग घरायसी विवादका कारण भने माइतमा बस्दै आएकी थिइन् । बुवासँगै घरमा बस्दै आएकी दुई वर्षीया छोरीको हत्या भएको प्रहरीको भनाइ छ । प्रहरीले हत्यारा बुवालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको जनाएको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस