काठमाडौं -  बल्खु खोलामा एक जना पुरूषको शव फेला परेको छ । आइतबार बिहान कीर्तिपुर नगरपालिका– २ मक्वाचाबाट चन्द्रागिरी नगरपालिका– १५ नैकाप जाने झुलुङ्गे पुलमुनि एक पुरूषको शव फेला परेको हो ।

घटनाबारे जानकारी पाउनसाथ प्रहरी घटनास्थलमा पुगेको थियो  । उक्त पुरुषको शव अन्दाजी ५० वर्षको रहेको काठमाडौँ प्रहरी परिसर प्रवक्ता सोमेन्द्रसिंह राठोरले जानकारी दिए । a

मृतकको सनाखत हुन सकेको छैन। अहिले शव पोष्टमर्टमको लागि महाराजगन्जस्थित टिचिङ अस्पतालमा लगिएको छ।