बेनीको रातोपहिरोमा जीप दुर्घटना हुँदा एकको मृत्यु, १० जना घाइते
खबर एक्सप्रेस
२०७७-०७-१४ ०४:५० मा प्रकाशित
Total Shares: 292
काठमाडौं, पोखरा - बेनीको रातोपहिरोमा जीप दुर्घटना हुँदा एकको मृत्यु भकएको छ भने १० जना घाइते भएका छन् । रघुगंगा–६ पाखापानीदेखि बेनी आउँदै गरेको ध १ ज ८९६ नम्बरको जीप बेनी नगरपालिकाको सीमानामा पर्ने रातोपहिरोमा दुर्घटना भएको हो ।
दुर्घटनामा अन्नपूर्ण–२ की १० वर्षीया रिया विकको मृत्यु छ । गम्भीर घाइते भएकी रियाको बेनी अस्पतालका चिकित्सकले मृत घोषित गरेका हुन् । जिपमा रहेका १० जना घाइते भएका छन् । घाइतेहरुको बेनी अस्पतालमा उपचार भइरहेको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस