युनाईटेडको फराकिलो जित
काठमाडौं, एजेन्सी - इंग्लिस क्लब म्यानचेस्टर युनाईटेडले युरोपा लिग फुटबल अन्तर्गत सेमिफाइनलको पहिलो लेगमा फराकिलो जित निकालेको छ ।
घरेलु मैदानमा बिहीबार राति भएको पहिलो लेगमा युनाईटेडले इटालियन क्लब रोमालाई ६-२ गोल अन्तरले पराजित गरेको हो ।
युनाईटेडको जितमा ब्रुनो फर्नान्डेस र एडिन्सन काभानीले दुई दुई गोल गरे । पाउल पोग्बा र मसान ग्रीनउडले एक एक गोल थपे ।
यता, रोमाका लोरेन्जो पेल्लेग्रिनी र एडिन डेज्कोले एक एक गोल फर्काए । खेलको नवौं मिनेटमा फर्नान्डेसले गोल गर्दै युनाईटेडलाई अग्रता दिलाएका थिए । तर, १५ औं मिनेटमा लोरेन्जोले पेनाल्टीमा गोल गर्दै रोमालाई १-१ गोलको बराबरीमा ल्याए । ३४ औं मिनेटमा डेज्कोले गोल गरेपछि पहिलो हाफमा रोमा २-१ ले अघि रह्यो ।
खेलको ४८ औं मिनेटमा काभानीले गोल गर्दै युनाईटेडलाई २-२ को बराबरीमा ल्याए । ६४ औं मिनेटमा काभानीले व्यक्तिगत दोस्रो गोल गर्दै टिमलाई ३-२ को अग्रता दिलाए ।
खेलको ७१ औं मिनेटमा फर्नान्डेसले पेनाल्टीमा गोल गरेपछि युनाईटेड ४-२ ले अघि रह्यो । ७५ औं मिनेटमा पोग्बाले गोल गरेपछि युनाईटेडले ५-२ को अग्रता बनायो ।
खेलको ८६ औं मिनेटमा ग्रीनउडले गोल गर्दै युनाईटेडलाई ६-२ को सानदार जित दिलाए । दोस्रो लेग मे ७ मा हुनेछ ।

.gif)




फेसबुक पेज Like गर्नुहोस