भारतमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या उच्च
खबर एक्सप्रेस
२०७७-०१-२४ ०७:२७ मा प्रकाशित
Total Shares: 385
काठमााडौं - भारतमा कोरोना भाइरसको प्रभाव दिनानुदिन बढिरहेको छ ।
यहाँको सरकारी अधिकारीका अनुसार पछिल्ला दिनहरुमा लकडाउन खुल्ला बनाएपछि कोरोनाबाट संक्रमित र मृत्यु हुनेको संख्या उच्च भएको हो । स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार बितेको २४ घण्टामा एक सय २७ जनाको मृत्यु भएको छ । तीन हजार नयाँ संक्रमित थपिएका छन् । यो समाचार तयार पार्दासम्म ।
भारतमा कोरोना भाइरसबाट अहिलेसम्म एक हजार ६ सय ९३ जनाको मृत्यु भएको छ भने ४९ हजार ४ सय संक्रमित छन् । १४ हजार संक्रमित निको भएका छन् । भारत कोरोनाबाट दक्षिण एसियाकै सबैभन्दा प्रभावित मुलुक हो ।
फेसबुक पेज Like गर्नुहोस