काठमाडौं - प्रहरीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई कालो झण्डा देखाउन खोज्ने ६ जनालाई पक्राउ गरेको छ । प्रधानमन्त्री ओलीलाई कालो झण्डा देखाउन खोजेको भन्दै नेकपाको प्रचण्ड–नेपाल समूहका ६ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

आइतबार काठमाडौंको चन्द्रागिरि नगरपालिका–१३ नैकाप चौतारोमा कालो झण्डा देखाउने तयारी गरिररहेका बेला उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रधानमन्त्री ओली दहचोक महोत्सवको उद्घाटन गर्न सोही बाटो हुँदै जाने तयारी हुँदा उनीहरुले कालो झण्डा देखाउने तयारी गरेका थिए । प्रधानमन्त्री ओली सोही सडक मार्ग भएर जानेबेला कालो झण्डा देखाउन सडक छेउमा पुगेका उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा नेकपाको प्रचण्ड–नेपाल समूहका दाताराम पनेरु, बिमल लम्साल, विनोद भट्ट, उत्सव भट्ट र प्रितम भट्ट छन् । पक्राउ परेका ६ जनालाई नै महानगरीय प्रहरी बृत्त कालीमाटीमा राखिएको छ ।