इजलासमा ओलीको राजीनामा माग, ‘प्रधानमन्त्री खेलाँचीको पद हो ?’
काठमाडौं - संवैधानिक इजलासमा संसद विघटनविरुद्धका मुद्दाको सुनुवाइ जारी छ ।
अहिले वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्कीले बहस गरिरहेका छन् । बहसका क्रममा उनले राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीले विश्वास गुमाइसकेपछि पदमुक्त गरिदिनु पथ्र्यो भन्ने जिकिर गरे ।
उनले विश्वासको मत पाउँदिन भन्ने व्यक्तिलाई पुन प्रधानमन्त्रीमा नियुक्त गर्न नहुने बताए । ‘विश्वासको मत नपाइकन एक मिनेट पनि प्रधानमन्त्री पदमा बस्नु हुँदैन् । बस्न दिनु हुँदैन, सक्दिन भनेर स्वीकार गरेर लिखित रुपमा दिएको हुनाले राष्ट्रपतिले भन्नुपथ्र्यो– युआर नो मोर प्राइममिनिस्टर ।’कार्कीले भने ।
उनले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामासमेत मागे । ‘ओलीमा नैतिकता भएन । प्रधानमन्त्रीको पद खेलाँचीको पद हो ? नैतिकताको आधारमा राजीनामा पनि दिनु नपर्ने ?’ कार्कीले भने ।
उनले शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्नसमेत माग गरे ।
फेसबुक पेज Like गर्नुहोस