काठमाडौं -  फिफा विश्वकप कतार २०२२ को युरोपियन छनोटमा जर्मनीले पुनरागमन जित निकालेको छ । शुक्रबार राति भएको खेलमा जर्मनले रोमानियालाई २-१ गोल अन्तरले पराजित गरेको हो । 

जर्मनको पुनरागमन जितमा सर्जी जिनाब्री र थोमस मुलरले १-१ गोल गरे । रोमानियाका लागि लानिस हागिले खेलको ९ मिनेटमा सुरुवाती अग्रता लिएका थिए । ५२औं मिनेटमा जर्मनीका जिनाब्रीले गोल गर्दै खेललाई बराबरीमा ल्याए । त्यसपछि ८१औं मिनेटमा मुलरले गोल गर्दै जर्मनीलाई २-१काे जित दिलाए । 

जितसँगै समूह 'जी'मा जर्मनीको ७ खेलबाट १८ अंकसहित शीर्ष स्थानमा छ । ७ खेलबाट १० अंक बनाएको रोमानिया तालिकाको चौथो स्थानमा छ ।